मतदान प्रतिशत सरकारको अपेक्षाभन्दा कम : आयोग

हिमाल प्रेस ४ मंसिर २०७९ १९:५९
12
SHARES
मतदान प्रतिशत सरकारको अपेक्षाभन्दा कम : आयोग

काठमाडौँ– आइतबार भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भएको मतदानमा भएको सहभागिता सरकारको अपेक्षाअनुसार नभएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आइतबार राति पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो।

‘आज ६१ प्रतिशत मतदान भएको छ। भरेसम्ममा केही प्रतिशत थप हुनसक्छ आउनसक्छ। यो संख्यामा मतदाताको सहभागिता हामीले अपेक्षा गरेभन्दा कम हो,’ आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन आफ्नो तर्फबाट सहयोग गर्ने सुरक्षा निकायका कर्मचारी र सम्बद्ध सबै पक्षलाई आयोगले आभार व्यक्त गरेको छ। निर्वाचनका क्रममा केही ठाउँमा झडप र झगडा हुँदा घाइते भएका र मृत्यु भएकाप्रति आयोगले सहानुभूति र श्रद्धाञ्जली व्यक्त गरेको छ।

नवलपरासी, गुल्मी र सुर्खेतका केही केन्द्रमा मतदान रोिकएको हुँदा सो स्थानमा भोलि सोमबार मतदान गराइने प्रमुख आयुक्त थपलियाले जानकारी दिए। विकट हिमाली जिल्लामा मतदानपछि संकलन भएका मतपेटिका सोमबार नै सेनाको हेलिकप्टरमार्फत मतगणनास्थलतर्फ लगिने उनले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =