मतदान शान्तिपूर्ण, मतदाता कम उत्साहित

हिमाल प्रेस ४ मंसिर २०७९ १९:५३
32
SHARES
मतदान शान्तिपूर्ण, मतदाता कम उत्साहित

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव  शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको छ। मतदानमा मतदाताको उत्साह कम भएको निर्वाचन रूपमा यसलाई विश्लेषण गर्न थालिएको छ । सायद चाड पर्व सकिएर सहर वा आफ्नो काममा फर्केका आम नागरिक आफ्नो गाउँ वा आफ्नो भोट दिने स्थान नजानुबाटै उत्साह कम देखिएको थियो।

जुन उत्साह स्थानीय निकायको निर्वाचनमा थियो त्यो अहिले देखिएन। खासगरी आम नागरिकको धैर्यताकै कारण निर्वाचन प्रक्रियामा मतदानको दिन छिटफुट घटनाबाहेक शान्त नै रहन पुग्यो। केही स्थानमा उम्मेदवारको कारण र सरकारी लापरवाहीले अशान्त र अव्यवस्थित हुन पुगे पनि त्यसलाई नगन्य भन्न सकिन्छ।

मतदानको पुरा समय नियाल्दा मतदाताको सहभागिता उत्साहजनक देखिएन। जानेहरू पनि भोट खसाल्ने आउने देखिएको थियो। कतिपय निर्वाचन अधिकृत र भोलुन्टर्सहरू पनि अलमलमा थिए। अनि भोट हाल्दा पनि निकै अलमल भएका थिए। यद्यपि निर्वाचन केन्द्रमा गरेको व्यवस्थापन राम्रो थियो। तर प्रयोग हुने मसी र छाप खासै गुणस्तरीय थिएन। मसी लतपतिएको होला कतिपय मतपत्रमा। यो सामान्य विषय होइन।

मुलुकभर एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाच गराउनु चानचुने काम होइन भन्ने विषय त भारत र बंगलादेशबाट आएको निर्वाचन प्रमुख आयुक्तले पनि नेपालको निर्वाचनबारे जानकरी दिँदै हामीले यो तहमा यसरी निर्वाचन गराउन गाह्रो हुने बताएका थिए।

त्यहाँ गरेको व्यवस्थापन साच्चै राम्रो थियो। आम नागरिकको सोचाइ कसलाई भोट दिएर के हुन्छ र भन्दै लाइन बसिरहेका अधवैंशेले भने, ‘चार मत पत्रमा भोट राख्न पर्ने रे। को उम्मेदवार को-को उठेका छन थाहा छैन।’

कतिपय स्थानमा उम्मेदवारका समर्थकहरू भेला भएर विवाद हुँदा झडप परेको समाचार पनि आएका छन्। कतिपय स्थानमा मतदान नै स्थगित गरेर पुन: सुरु गर्ने काम भयो।

केही केन्द्रहरूमा भने मतदान हुन नसेको अवस्था छ। केही स्थानमा त गोलीसमेत चलेको र त्यो गोली लागेर एकको निधनसमेत भएको खबरले दुखी बनाए पनि तुलनात्मक रुपमा भने यो निर्वाचन सहज बनेको छ। केही स्थानमा कर्मचारीले लापरबाही गर्दा मतदान केन्द्रहरू अशान्त थियो। सबै तयारी गरेको निर्वाचन आयोगले आफ्नोतर्फबाट पनि सक्दो प्रयास गरे पनि कताकति समस्या आएको हो।

निकै सफल हुने निर्वाचनको सामान्य कुरा पनि नदेख्दा निर्वाचनमा धक्का लागे पनि अहिलेको निर्वाचन तुलानतत्मक रुपमा शान्त निर्वाचन भन्न सकिन्छ। विदेशबाट आएका अन्तराष्ट्रिय पर्यवेक्षक हुन् या निर्वाचन आयुक्तहरू नै हुन् उनीहरूले पनि सकारात्मक निर्वाचन भनेका छन्। आम मतदाताको उपस्थित नहुनुमा सहभागी उम्मेदवारहरू प्रति उत्साह नहुनु हो।

आइतबार रातिदेखि नै मतगणना सुरु हुँदैछ। स्वाभाविकरूपमा हारजितको नतिजा आउँदैछ। तर, सबैभन्दा बढी मत ल्याउनेले पद पाए पनि मतदाताको सहभागिता कत्तिको थियो भन्‍नेमा त्यो चुनिने व्यक्तिका लोकप्रियता माथि र नैतिक वैद्यतामा प्रश्न भने उठ्छ।

लोकतान्त्रिक मुलुकमा नै यसरी निर्वाचनप्रति जनतामा निराशा र निस्पृहता बढ्न थाल्यो भने लोकतन्त्रको भविष्य सङ्कटमा छ भनेर बुझ्न आवश्यक छ। लोकतन्त्रका पहरेदारहरू नै अहिलेको निर्वाचनमा आम मानिसको उत्साह कम देखेका छन्।

०६२/६३को परिवर्तनपछि सत्तामा बसेकाहरूको निकम्मा र स्वार्थी चरित्रका कारण मतदातामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको हो। यद्यपि त्यसलाई चिर्न नेतृत्वमा अझै सुधार आएको छैन। यसलाई चिर्ने दलभित्र रहेका नेताहरूले नै हुन। बाहिरबाट भुमरी झैँ आउनेले खासै सक्दैनन्। वितृष्णाको कारण खोज्न नेताहरू नै लाग्नुपर्ने देखिन्छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको बताए पनि उनले भनेजस्तो उत्साह भने देखिएको छैन। उनले आम मतदातालाई धन्यवाद पनि दिएका छन्। नागरिकले आफ्नो भूमिका जिम्मेवारी पूर्ण निर्वाह गरेको उनको धारणा छ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएका छन्। यदि त्यसो हुन नसकेको खण्डमा लोकतन्त्र साच्चै धरापमा पर्नेछ। निर्वाचनमा हारजित ठूलो कुरा होइन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि जम्मा ६१ प्रतिशत हाराहारी मात्रै मतदान भएको बताएका छन्। उनले पनि आयोगले अनुमान गरेअनुसार मतदान नभएको स्वीकारे। के कारणले मतदातामा उत्साह कम भयो भन्ने अनुमान लगाउन गाह्रो भएको उनको भनाइ छ।

अहिले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्‍याएको स्पष्ट छ। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनैपर्छ भने सरोकारवाला निकाय सबैलाई धन्यवाद।

प्रकाशित: ४ मंसिर २०७९ १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =