कुटपिटबाट दुई जनाको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०७९ १३:५५
16
SHARES
कुटपिटबाट दुई जनाको मृत्यु

काठमाडौँ- भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–८ कलमसीका ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच आपसमा झैझगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले झगडामा संलग्न १० जनालाई नियन्त्रणमा लिएको छ।

यसैगरी सर्लाहीको गोडैता नगरपालिका-६, बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको छ।

घटनामा घाइते भएका रायको उपचारका लागि कृष्ण मेडिकल एन्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो।

कुटपिटमा संलग्न सोही ठाउँका १९ वर्षीय विक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =