मतदानको तयारी पूरा : निर्वाचन आयोग

हिमाल प्रेस १ मंसिर २०७९ ४:५५
मतदानको तयारी पूरा :  निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको तयारी पूरा भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तयारी पूरा भएको जनाएका हुन्।

यो निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मत दिनेछन्। मतपत्रहरू पनि मतदानस्थल पुगिसकेकाे थपलियाले जानकारी दिए।

यस्तै यसपटक चार लाख अस्थायी मतदाताले समानुपातिकतर्फ मत दिन पाउने उनको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७९ ४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =