यूएईविरुद्ध नेपाल तीन विकेटले विजयी

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:२५
यूएईविरुद्ध नेपाल तीन विकेटले विजयी

काठमाडौँ- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा यूएईलाई ३ विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको नेपालले यूएईले दिएको १९१ रनको लक्ष्य ७ विकेट गुमाएर ४७.५ ओभरमा पूरा गरेको हो।

यूएईले सबै विकेट गुमाएर ४३.२ ओभरमा उक्त लक्ष्य दिएको थियो। नेपालले उक्त लक्ष्य भेटाउन खराब सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान कुशल भुर्तेल, आरिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हाल्दै लक्ष्यसम्म पुर्‍याएका हुन्।

आरिफ शेखले ५८ बलमा ३३ रन जोड्दै अविजित पारी खेले। झाले ३७ र  भुर्तेलले ३५ रन जोडेका थिए भने ज्ञानेन्द्र मल्लले २६, सोमपाल कामीले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन जोडेका थिए।

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ ५ ओभरमा १ विकेट र ब्याटिङतर्फ ३७ रन जोडेका झा म्यान अफ दी म्याच घोषित भए। यसअघि यूएईका ओपनर ब्याट्सम्यान मोहमद वसिमले सर्वाधिक ५० रन जाेडेका थिए। उनी ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाएर पभेलियन फर्किए। आलिसन सराफु ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले २५ रन जोडेका थिए।

यस्तै बासिल हमेद २४ रनमा आउट भए। कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे। भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङमा सोमपाल कामी र ललितनारायण राजवंशीले सबैभन्दा धेरै ३/३विकेट लिएका थिए।

करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए। पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। यूएई र नेपालबीचकाे अन्तिम खेल शुक्रबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित: ३० कार्तिक २०७९ ४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =