एनएमबिको डेबिट कार्ड प्रयोगकर्तालाई २०० को क्यासब्याक अफर

हिमाल प्रेस २४ कार्तिक २०८० १५:३० | Friday, November 10, 2023
एनएमबिको डेबिट कार्ड प्रयोगकर्तालाई २०० को क्यासब्याक अफर

काठमाडौँ– एनएमबि बैंकले आफ्नो डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागि तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ। क्यासब्याक प्राप्त गर्न एक पटकमा हजार न्यूनतम भुक्तानी गर्नुपर्ने छ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १५७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २४ कार्तिक २०८० १५:३० | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast