राप्रपाको केन्द्रीय समिति बैठक पौष १ गते बस्ने

हिमाल प्रेस २३ कार्तिक २०८० १८:२८ | Thursday, November 9, 2023
राप्रपाको केन्द्रीय समिति बैठक पौष १ गते बस्ने राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सो पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिलाई जिम्मेवारी दिएको उल्लेख छ। समितिलाई अर्को बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ।

राप्रपाले जाजरकोट भूकम्प र सङ्कटमा सरकारी राहत, उद्धार र पुनर्निर्माण छलफल गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गरेको छ। राप्रपाले राजनीतिक दबाब र प्रभावमा राहत वितरणमा एकरूपता नभएको गुनासो आएकाले वास्तविक पीडितलाई राहत पाउनबाट वञ्चित नगर्न मागसमेत गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८० १८:२८ | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast