जनता सडकमा उर्लिने थाहा पाएपछि सबै दल मसँग डराए : दुर्गा प्रसाईं

हिमाल प्रेस २३ कार्तिक २०८० १५:४९ | Thursday, November 9, 2023
जनता सडकमा उर्लिने थाहा पाएपछि सबै दल मसँग डराए : दुर्गा प्रसाईं

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते जनता राजनीतिक दलविरुद्ध सडकमा जनता उत्रिने थाहा पाएपछि राजनीतिक दलहरू एक भएको बताएका छन्। आज बिहीबार झापा विर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले आफूले सञ्चालन गरेको नागरिक बचाउ महाअभियानसँग सबैभन्दा बढी नेकपा एमाले डराएको बताएका हुन्।

गणतन्त्रविरुद्ध बोल्नेहरू मंसिर ७ गतेपछि एक ठाउँमा हुने उनको भनाइ छ। ‘मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन छ। यसमा एमाले अध्यक्ष केपी ओलीको मुटु थर्किएको छ,’ उनले भने, ‘नागरिक बचाउ महाअभियानमा ओलीलाई के आरिस लागेको होला? यो बुझन सकेको छैन । अहिले ओलीले महाअभियानविरुद्ध लाग्न अन्य दलसँग पनि सहयोग मागेका छन्।’

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत ठूला दलका नेताको सहभागितामा सम्पन्न बैठकले राजावादीका क्रियाकलापको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो। पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रवादी अभियान चलाउँदै आएका छन्।

बैठकमा तीनै दलका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर रहेको र यसको रक्षाका लागि संघर्ष गर्न तयार रहेकोसमेत बताएका थिए। प्रसाईंकै अभियानको प्रतिवाद गर्न र गणतान्त्रिक व्यवस्था यथावत् हुनुपर्ने भन्दै मंगलबार प्रमुख दलका शीर्ष नेताले सिंहदरबार बैठकसमेत बसेर प्रसाईंको आन्दोलनमा बारेमा छलफल गरेका थिए ।

देशमा राष्ट्रवादी आन्दोलनको आँधी आउने उनको दाबी छ। हिन्दू राज्य कायम गर्नुपर्ने, राष्ट्रवादी आन्दोलन, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेन्डा अघि सार्दै आएका छन्।

प्रकाशित: २३ कार्तिक २०८० १५:४९ | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast