क्रिकेट खेलाडीसहित ४० जनालाई मेरिना इम्पेक्सको सुट उपहार

हिमाल प्रेस २३ कार्तिक २०८० १२:१७
क्रिकेट खेलाडीसहित ४० जनालाई मेरिना इम्पेक्सको सुट उपहार

काठमाडौँ– मेरिना इम्पेक्सले नेपाली क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघका पदाधिकालाई सुट उपहार दिने भएको छ।

मेरिनाले विश्वकप क्रिकेटमा सहभागी हुने खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरि ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो।

मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्देश्यले सहकार्यको हात अगाडि बढाएको बताए। त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबीच सम्झौता भएको छ।

४१ वर्षदेखि सर्टिङ सुटिङ व्यवसाय गरिरहेको मेरिना इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावहाल पाटन र सामाखुशीबाट सेवा दिइरहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =