एनएमबि बैंकले ल्यायो ‘अपन एनएमबि बचत खाता’

हिमाल प्रेस ५ पुष २०७९ १३:३३ | Tuesday, December 20, 2022
एनएमबि बैंकले ल्यायो ‘अपन एनएमबि बचत खाता’

काठमाडौँ- एनएमबि बैंकले मधेश प्रदेशका लागि ‘अपन एनएमबि बचत खाता’ सुरु गरेको छ।

९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिने खातामा बैंकले निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड दिनेछ।

त्यसका साथै डिम्याट, मेरो सेयर, सीआस्बालगायत सेवामा पनि शुल्क नलाग्ने बैंकले जनाएको छ। एनएमबि बैंकले बेलायतको ‘द बैंकर’ पत्रिकामार्फत् ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० पनि उक्त अवार्ड प्राप्त गरेको थियो। एनएमबि बैंकले २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् देशभर सेवा दिँदै आइरहेको छ।

प्रकाशित: ५ पुष २०७९ १३:३३ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast