भूकम्प पीडितको उपचारमा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको आग्रह

हिमाल प्रेस २२ कार्तिक २०८० १८:४६ | Wednesday, November 8, 2023
भूकम्प पीडितको उपचारमा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्।

बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए। सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्धि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका थिए।

जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि उनले आग्रह गरे।

प्रकाशित: २२ कार्तिक २०८० १८:४६ | Wednesday, November 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast