भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

हिमाल प्रेस २२ कार्तिक २०८० १७:४२ | Wednesday, November 8, 2023
भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन्। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए।

एमालेका महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसङ्गठन प्रभावकारी रूपमा खट्न निर्देशन दिए।

महासचिव पोखरेलले उनले पार्टीका तर्फबाट टेन्टलगायत राहत सामग्रीका विषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामग्री जुटाएर राहत परिचालनमा लगाउनसमेत जनसङ्गठनलाई निर्देशन दिए।

एकद्वार प्रणालीबाट राहत वितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक व्यवहार भएको बैठकको ठहर गरेको जनाइएको छ।

प्रकाशित: २२ कार्तिक २०८० १७:४२ | Wednesday, November 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast