काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जाजरकोटका भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८० १७:३१ | Wednesday, November 8, 2023
प्रतिक्रिया



