महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

हिमाल प्रेस २२ कार्तिक २०८० १७:२५
महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाडौँ– महालक्ष्मी विकास बैंकले जाजरकोट भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग रकम प्रदान गरेको हो।

बुधबार महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

प्रकाशित: २२ कार्तिक २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =