दराज ११ः११ मा सानिमा बैंकमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट

हिमाल प्रेस २२ कार्तिक २०८० १७:०४
दराज ११ः११ मा सानिमा बैंकमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ‘दराज ११ः११’ योजनामा छुट दिने भएको छ। दराजको यो योजना अवधिभर दराजबाट सामान खरिद गर्ने ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा छुट पाउनेछन्।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० सम्मको छुट पाउनेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो योजना कात्तिक २५ देखि मंसिर ६ गतेसम्म १२ दिनसम्म चल्नेछ।

प्रकाशित: २२ कार्तिक २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =