एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजनाअन्तर्गत ३ जनाले पाए स्कुटर

हिमाल प्रेस २२ कार्तिक २०८० १३:०८
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजनाअन्तर्गत ३ जनाले पाए स्कुटर

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजनाअन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ। बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो।

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन्। मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमाकुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन्। त्यसैगरी एनसेल सेन्टर हेटौँडामा एनसेलका प्रोडक्टस डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पुरस्कार हस्तान्तरण गरे।
यो योजना एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलमध्ये एक हो ।

भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो। एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकलाई हरेक हप्ता १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो। यस योजना अन्तर्गत दैनिक रूपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजमा डिजिटल सेवा, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएस रहेका छन्।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकले सर्तअनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए। यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजार भन्दा बढी नारा प्राप्त गरेको थियो। साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेता क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराको मूल्यांकन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए।

यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको छ। बाँकी रहेका ४ जना विजेताले बम्पर प्राइज आज र भोलि, बिहीबार प्राप्त गर्नेछन्। एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै १०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान गरेकी थिइन्।

प्रकाशित: २२ कार्तिक २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =