काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको भन्दै संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरू कम हुँदै जाने बताएका हुन्।
उनले सरकारले संविधानअनुसारका कानुन बनाउन बढी ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित: २२ कार्तिक २०८० १२:५९
प्रतिक्रिया