सडकछेउमा ढकमक्क सयपत्री र मखमली [तस्बिरहरू]

विनोद परियार २६ कार्तिक २०८० १२:१६ | Sunday, November 12, 2023
सडकछेउमा ढकमक्क सयपत्री र मखमली [तस्बिरहरू]

लुम्बिनी- तिहार भन्नेबित्तिकै फूल र उज्यालोको सम्झना आउँछ। हो, अहिले बुटवलदेखि उत्तर बेथरीतर्फ यात्रा गर्नेहरूले तिहार आइसकेको आभास गर्छन्। कारण हो, सडक किनारमा फुलेका फूल।

रूपन्देहीको उत्तरी सिमाना बुटवलको बेलबासबाट दक्षिणी क्षेत्रस्थित लुम्बिनी रोडको बेथरी जोड्ने यो सडकका केही ठाउँमा सयपत्री, मखमली जस्ता फूलले सडकको यात्रा नै रोमाञ्चित बनाइदिएको छ। दुवै साइडमा चार लेनको सडक अनि बीचमा नहर छ। त्यही नरहको छेउछेउमा स्थानीयले विभिन्न प्रजातिका फूल लगाएपछि सडकबाट यात्रा गर्नेहरू लोभिएका हुन्।

बुटवलको बेलवास झोलुंगेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २२ किलोमिटर लामो यो सडकको बीचमा नहर छ। सडकको ९५ प्रतिशत काम सकिएको छ। पक्की सडक र बीचमा फुलेका सयपत्री, मखमलीजस्ता फूलहरुले चालक यात्रुलाई आकर्षित गराउँछ। शुद्धोधन गाउँपालिका, सियारीको अमुवा लगायतका ठाउँमा स्थानीयले अहिले फूल फुलाएका छन्। अन्य बेलामा हरियालीका लागि अन्य बिरुवा पनि लगाएको अमुवाका स्थानीय अर्जुन पौडेलले बताए।

लुम्बिनीबाट बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि यो यो बाटोले धेरै सहज बनाउने र लुम्बिनी तथा भैरहवा विमानस्थल जाने दुरी पनि कम गर्ने पर्यटन व्यवसायीको भनाइ छ। बुटवल, भैरहवा र लुम्बिनीसम्म जाने वैकल्पिक सडकका रुपमा यसको विकास गरिएको हो।

प्रकाशित: २६ कार्तिक २०८० १२:१६ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast