जाजरकोट भूकम्पबारे महामन्त्रीद्वयको संयोजकत्वमा कांग्रेसले बनायो सहजीकरण समिति

हिमाल प्रेस १९ कार्तिक २०८० १२:४४
14
SHARES
जाजरकोट भूकम्पबारे महामन्त्रीद्वयको संयोजकत्वमा कांग्रेसले बनायो सहजीकरण समिति

काठमाडौँ- नेपाली कांग्रेसले जाजरकोट भूकम्पमा सहयोग तथा राहत वितरणका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ। आज आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको होर

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको सं‌योजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो।

उनले भने, ‘भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ। यी समग्र विषय र भूकम्प गएका क्षेत्र अवलोकनसहित कामहरू गर्न महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन र सहजीकरण समिति बनाउने निर्णय भएको छ।’

प्रकाशित: १९ कार्तिक २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast