राप्रपाले आइतबार बिहानै बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस १८ कार्तिक २०८० १९:३८ | Saturday, November 4, 2023
राप्रपाले आइतबार बिहानै बोलायो पदाधिकारी बैठक राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान आठ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले जाजरकोट भुकम्पमा परी निधन भएकाहरुप्रति दु:ख प्रकट गरेको छ। घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलर समेत गरिसकेको श्रेष्ठले बताएका छन् । शनिबार दिउॅसो नै उपाध्यक्ष मुकुन्दश्याम गिरी नेतृत्वको टोली सुर्खेतबाट जाजरकोट पुगिसकेको छ।

प्रवक्ता ज्ञानेन्द्र शाही अछामबाट जाजरकोट जॅादैछन् । उनलाई अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदुरपश्चिमका सबै कार्यक्रम स्थगित गरी भुकम्पग्रस्त क्षेत्र जाजरकोट पुग्न निर्देशन दिएका छन् ।

नेपालगन्जमा सरकारले भुकम्पबाट घाइते भएकाहरुका लागि डेडिकेटेड हस्पिटल तोकेको भेरी अस्पतालमा आवश्यक सहजीकरण गर्न र रगतको अभाव हुन नदिन पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा नेतृत्वको टोलीले रगत संकलन लगायतका मानवीय काम गरिरहेको श्रेष्ठले बताएका छन् ।

प्रकाशित: १८ कार्तिक २०८० १९:३८ | Saturday, November 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast