नेपालमा आरोहण अनुमति नभएका हिमालहरू तत्काल खुला गर्नुपर्छ : राष्ट्रपति पौडेल

हिमाल प्रेस १५ कार्तिक २०८० १३:४९
नेपालमा आरोहण अनुमति नभएका हिमालहरू तत्काल खुला गर्नुपर्छ : राष्ट्रपति पौडेल रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताएका छन्।

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गरे। राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धन लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने उनको भनाइ छ।

उनले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धन उपयोग गर्दै आएकोमा प्रशंसा गरे।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एसियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए।

प्रकाशित: १५ कार्तिक २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast