बारामा प्रिन्सिपलको हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८० ८:४४ | Tuesday, October 31, 2023
बारामा प्रिन्सिपलको हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

बारा- बाराको कलैयास्थित बाल एकता इंगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार ‘गुड्डु’ को हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ।

बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिएका छन्।

पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन।

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भारततिर भागेको प्रहरीले जनाएको छ।

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो। उनलाई दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले पछ्याएर गोली प्रहार गरेका थिए।

आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: १४ कार्तिक २०८० ८:४४ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast