तिहारको तयारीमा व्यस्त कुमाले समुदाय [तस्बिरहरू]

दिपेश श्रेष्ठ १३ कार्तिक २०८० १६:०८ | Monday, October 30, 2023
तिहारको तयारीमा व्यस्त कुमाले समुदाय [तस्बिरहरू]

काठमाडौँ- दसैँ सकिएलगत्तै भक्तपुर पोटरी स्क्वायरमा तिहारको चटारो देखिएको छ। कुमालेहरू माटाका पाला बनाउन व्यस्त छन्। उनीहरू बोल्नसमेत फुर्सद नभएको बताउँछन। घर उज्यालो पार्न बालिने पालाको माग तिहारमा दोब्बर बढ्ने गर्छ। त्यसैले बिहान उठेदेखि साँझसम्म माटोका पाला बनाउन उनीहरू व्यस्त हुन्छन्।

पोटरी स्क्वायर नामले चिनिने कुमाल टोलका बासिन्दाले परम्परादेखि नै पाला बनाउँदै आएका छन्।  नेपालीको दोस्रो ठूलो चाड तिहारमा माटाका पाला महत्त्वपूर्ण मानिन्छ। झिलिमिली बत्ती बाल्न परम्परागत माटाका पाला प्रयोग गरिन्छ। बजारमा थरीथरीका विद्युतीय भिलिमिली बत्ती भए पनि माटाका पालाको आफ्नै सौन्दर्य छ।

 

प्रकाशित: १३ कार्तिक २०८० १६:०८ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast