कुशल बने ‘दिमाग खराब’का ‘प्लेयर अफ द म्याच’

हिमाल प्रेस १३ कार्तिक २०८० १५:२३ | Monday, October 30, 2023
कुशल बने ‘दिमाग खराब’का ‘प्लेयर अफ द म्याच’

काठमाडौँ- क्रिकेटर कुशल भुर्तेलले फिल्म ‘दिमाग खराब’को ‘प्लेयर अफ द म्याच’ पुरस्कार पाएका छन्। आईसीसी टि-२० विश्वकप २०२४ अन्तर्गतको एसिया छनोटमा नेपालले सिंगापुरलाई पराजित गरेको छ।

सिंगापुर विरुद्धको खेलमा कुशलले ४८ बलमा ७४ रन बटुले। आफ्नो सानदार पारीका लागि उनले सो पुरस्कार पाएका हुन्। फिल्म निर्माण टिमले उनलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ। त्यस्तै उनी ‘बेस्ट सट अफ डे’का लागि पनि पुरस्कृत भएका छन्। जसका लागि उनलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ।

फिल्म तिहारको छेको पारेर कात्तिक २४ मा प्रदर्शनमा आउनेछ। निश्चल बस्नेतको निर्देशन रहेको फिल्ममा बस्नेतको अभिनय पनि रहेको छ। त्यस्तै फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखक आकाश बराल हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन र सुशन प्रजापतिको छायांकन छ।

प्रकाशित: १३ कार्तिक २०८० १५:२३ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast