‘अन्जिला’को छायांकन सुरु

हिमाल प्रेस १३ कार्तिक २०८० १४:२५ | Monday, October 30, 2023
‘अन्जिला’को छायांकन सुरु

काठमाडौँ– फिल्म ‘अन्जिला’को छायांकन सुरु भएको छ। इलामको आइतबारेमा सोमबार (आज)देखि फिल्मको छायांकन सुरु गरिएको हो।

फिल्म राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। अन्जिलाकै जन्मस्थानबाट छायांकन थालिएको फिल्ममा उनको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ।

मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा अन्जिलाको भूमिकामा स्वयं अन्जिलानै रहनेछिन्। यसका लागि उनले अभिनेत्री सिर्जना सुब्बासँग चार महिना अभिनय कला सिकेकी थिइन्।

फिल्ममा अन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङलगायत रहनेछन्।

फिल्म इलाम, झापा र काठमाडौंमा छायांकन गरिनेछ। मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म प्रेमकुमार श्रेष्ठले लगानी गरेका छन्। फिल्मका सहनिर्माता विनोद अग्रवाल र राजेश बागादिया हुन्।

प्रकाशित: १३ कार्तिक २०८० १४:२५ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast