‘बलिदान’ निर्देशन गर्दै सन्तोष सेन

हिमाल प्रेस १२ कार्तिक २०८० १६:२१ | Sunday, October 29, 2023
‘बलिदान’ निर्देशन गर्दै सन्तोष सेन

काठमाडौँ– सन्तोष सेनको निर्देशनमा फिल्म ‘बलिदान’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। साथै निर्माण टिमले आगामी वर्ष २०८१ को फूलपातीमा फिल्म प्रदर्शन हुने घोषणा पनि गरेका छन्।

फिल्म आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्। पवन ब्राडफोर्ड बिस्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहने छन्।

दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। फिल्ममा मधेशको राजनीतिक आन्दोलन र घटनाको कथावस्तु प्रस्तुत गरिनेछ। तिहारपछि छायांकन सुरु हुने भनिएको फिल्मका लागि कलाकारहरु छनोटको कार्य भइरहेको छ।

प्रकाशित: १२ कार्तिक २०८० १६:२१ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast