यस्तो छ ‘दिमाग खराब’ को गीत ‘हितैको माया’

हिमाल प्रेस १० कार्तिक २०८० १३:२० | Friday, October 27, 2023
यस्तो छ ‘दिमाग खराब’ को गीत ‘हितैको माया’

काठमाडौँ- तिहारको अवसरमा कात्तिक २४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’ को ‘हितैको माया’ बोलको गीत सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको गीतमा जयन जे वाइबाको शब्द र संगीत छ। गीतको भिडियोमा फिल्मका कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र रमा थपलियालाई देख्न सकिन्छ। साथै खगेन्द्रलाई बोकेर हिँडेका कलाकार दयाहाङ राईलाई पनि देखाइएको छ।

फिल्ममा अन्य कलाकार अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल शिवाकोटी, नविन खड्कालगायत कलाकारको अभिनय छ।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखन आकाश बरालले गरेका हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन र सुसन प्रजापतिको छायांकन छ। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्। फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन्।

फिल्ममा जयन जे बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व छ। यसअघि फिल्मको पोस्टर, टिजर र ट्रेलर सार्वजनिक भइसकेको छ।

प्रकाशित: १० कार्तिक २०८० १३:२० | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast