प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनँ : प्रचण्ड

हिमाल प्रेस ४ पुष २०७९ १२:११ | Monday, December 19, 2022
प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनँ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै राजनीतिक दलका नेताहरूसँग कुरा भए पनि प्रधानमन्त्रीकै लागि ‘मरिहत्ते’ नगर्ने आसय व्यक्त गरेका हुन्।

‘सहमति र समझदारीमा जिम्मेवारी आयो भने लिने हुन्छ, अरू नै भयो भने अरू नै हुन सक्छ,’ उनले भने, ‘तर प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउने काम गर्दिनँ।’

उनले स्वभावैले एमालेलगायतका सबै राजनीतिक दलका नेताहरूसँग छलफल चलेको तर गठबन्धन भने कायमै रहने पनि दाबी गरे। उनले कांग्रेससँग आलोपालो सरकारबारे मौखिक सहमति भएको पनि बताए।

यस्तै उनले एक हप्ताभित्रै नयाँ सरकारको टुंगो लाग्ने बताएका छन्। राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने उनले दाबी गरेका हुन्। ‘सात दिनभित्रै नयाँ सरकारबारे सबै कुरा टुंगिन्छ,’ उनले भने।

प्रकाशित: ४ पुष २०७९ १२:११ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast