निर्वाचन सफल भएकोमा आयोगले जलपान कार्यक्रम गर्ने

हिमाल प्रेस ४ पुष २०७९ ९:०५ | Monday, December 19, 2022
निर्वाचन सफल भएकोमा आयोगले जलपान कार्यक्रम गर्ने

काठमाडौँ- निर्वाचन सफलता पूर्वक सफल भएकोमा निर्वाचन आयोगले आज जलपान कार्यक्रम राख्दैछ।

आयोगको प्रांगणमा दिउँसो साढे १ बजे जलपान कार्यक्रम राखिएको आयोगले जनाएको छ।

जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।

यसअवसरमा निर्वाचनको समीक्षा समेत गरिने छ।

 

प्रकाशित: ४ पुष २०७९ ९:०५ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast