दलको नेता छान्दै स्वतन्त्र पार्टी

हिमाल प्रेस ४ पुष २०७९ ७:४८ | Monday, December 19, 2022
दलको नेता छान्दै स्वतन्त्र पार्टी

काठमाडौँ- प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता आज चयन गरिँदै छ।

त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम पनि राखिएको छ। बधाई कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ।

प्रकाशित: ४ पुष २०७९ ७:४८ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast