तीन महिनामा २ खर्ब ३४ अर्ब आम्दानी, २ खर्ब ८० अर्ब खर्च

हिमाल प्रेस १ कार्तिक २०८० १५:५८ | Wednesday, October 18, 2023
तीन महिनामा २ खर्ब ३४ अर्ब आम्दानी, २ खर्ब ८० अर्ब खर्च

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा सरकारी खर्च आम्दानीभन्दा बढी देखिएको छ। गत आर्थिक वर्षमा देखिएको बजेट घाटाले नयाँ आवको पहिलो त्रैमासमा पनि निरन्तरता पाएको छ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ राजस्व उठाएको छ। जुन वार्षिक लक्ष्यको १५.९३ प्रतिशत हो। सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

यही अवधिमा सरकारको खर्च भने २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख गरेको छ। जुन कुल बजेटको १६.०२ प्रतिशत हो। चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ। यसरी सरकारले तीन महिनामा अवधिमा करिब ४५ अर्ब रुपैयाँ बराबर घाटा व्यहोरेको छ।

साउन–असोजको अवधिमा सरकारले चालुतर्फ १८.६९ प्रतिशत, पुँजीगततर्फ ५.९ र वित्तीय व्यवस्थातर्फ १६.०५ प्रतिशत बजेट खर्च गरेको छ। पहिलो त्रैमासमा कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५.२८ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६.७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख बराबर संकलन भएको छ।

चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले तीन महिनामा वार्षिक लक्ष्यको ०.१२ प्रतिशत अर्थात् ६ करोड १८ लाख बराबर अनुदान लिएको छ।

प्रकाशित: १ कार्तिक २०८० १५:५८ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast