त्रिकोणात्मक प्रेमकथा ‘बाबरी’ युट्युबमा

हिमाल प्रेस ३० असोज २०८० १३:२५ | Tuesday, October 17, 2023
त्रिकोणात्मक प्रेमकथा ‘बाबरी’ युट्युबमा

काठमाडौँ- गत वर्ष प्रदर्शन भएको फिल्म ‘बाबरी’ युट्युबमा सार्वजनिक गरिएको छ। दसैँको अवसरमा फिल्म केन्द्र मोसन पिक्चरर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ। मुख्य भूमिकामा कलाकार धीरज मगर, अदिती बुढाथोकी र धीरज नाडकर छन्। उनीहरुले फिल्ममा क्रमश: विक्रान्त, विजेता र रोनिश पात्रको भूमिकामा अभिनय गरेका छन्। यिनै पात्रको प्रेमकथामा फिल्म टुंगिन्छ।

विजेता आफ्नी साथीको विवाहअगाडिको पार्टीमा गान्तोक पुगेकी हुन्छे। त्यहाँ उसको भेट रोनिससँग हुन्छ। नेपाल रहँदासम्म उनीहरुबीघ प्रेम बढ्दै जान्छ। पेसाले पाइलट रोनिश सिक्किम फर्किनुअघि विजेतासँग विहेको प्रस्ताव राख्छ र नेपाल फर्किएर विहे गर्ने बाँचा गर्छ।

रोनिश गएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को प्रवेश हुन्छ। विजेता र विक्रान्त बच्चादेखिकै साथी हुन्छन्। विक्रान्तले विजेतालाई माया गर्छ तर विजेता रोनिशको पर्खाइमा हुन्छे। घरमा विवाहको दबाब आएपछि विजेता र विक्रान्त रोनिशलाई खोज्न सिक्किम जान्छन्। उता पुगेपछि विक्रान्तले आफूले माया गरेको विजेता अरुकै पर्खाइमा रहेको थाहा पाउँछ। प्रेमप्रेमबीचको अन्तद्वन्द्वमै फिल्म सकिन्छ।

फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलीप गुरुङलगायत कलाकारको अभिनय छ। फिल्म सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहरा र किशोर नेपालले लेखेका हुन्।

फिल्मको छायांकन काठमाडौँ, झापा, मोरङ, लेटाङ र सिक्किमको गान्तोकमा गरिएको छ। फिल्म नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत र निर्देशक पौडेलकै सम्पादनमा बनेको छ।

गतवर्ष हलमा फिल्मले औसत व्यापार गरेको थियो। युट्युबमा भने फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। करिब सात लाखले फिल्म हेरिसकेका छन्। फिल्म सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहरा र किशोर नेपालको लेखेका हुन्।

फिल्म नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयं निर्देशक पौडेलले सम्पादन गरेका हुन्। फिल्ममा गणेश बुढाथेकी र पुष्पलता बुढाथोकीले लगानी गरेका छन्।

फिल्ममा समावेश गरिएको ‘बाबरी रङ’ र ‘चुलबुल चुलबुल’ बोलको गीत निकै चर्चित छ।

प्रकाशित: ३० असोज २०८० १३:२५ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast