विराटनगर फर्किनुअघि मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

हिमाल प्रेस २८ असोज २०८० ११:५३ | Sunday, October 15, 2023
विराटनगर फर्किनुअघि मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

काठमाडौँ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। आइतबार बिहान अध्यक्ष ओलीलाई भेट्न कोशीका मुख्यमन्त्री कार्की बालकोटस्थित निवास पुगेका हुन्। अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीचको भेटमा कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

मुख्यमन्त्री कार्कीले एमाले अध्यक्ष ओलीलाई आफूले एमालेसँग गरेको सहमति कार्यान्वयन गर्ने बताएको बालकोट स्रोतले जनाएको छ। कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै कार्की शनिबार दिउँसो काठमाडौं आएका हुन्। मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनीयताको शपथ पनि लिँदैछन्। शपथलगत्तै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि मुख्यमन्त्री कार्कीले शनिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालालाई भेटेका थिए।

मुख्यमन्त्री कार्कीले विराटनगर फर्किनुअघि आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।

प्रकाशित: २८ असोज २०८० ११:५३ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast