शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा

हिमाल प्रेस ३ पुष २०७९ १८:१७ | Sunday, December 18, 2022
शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीस्थित भूमहीमा हुने भएको छ। समाजको सर्वोच्च नीति निर्णायक निकायको उक्त बैठक यही पुस २९-३० गते बस्ने समाजले जनाएको छ।

२ सय ५० भन्दा बढी अधिकारकर्मीको सहभागिता रहने २५औँ राष्ट्रिय परिषद् बैठकका क्रममा आगामी २ वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि हुनेछ। राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावसहित वार्षिक गतिविधि प्रतिवेदनलगायत दस्तावेज प्रस्तुत हुने समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिए।

राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका पूर्वसभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमिति गठन भएको छ। शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समिति/उपसमिति गठन गर्नुका साथै राष्ट्रिय परिषद्को सेरोफेरोमा वृक्षरोपण, शान्ति र्‍याली, सफाइ, लागूऔषध/मदिरा दुर्व्यसनविरुद्ध शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रमलगायत १ दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

प्रकाशित: ३ पुष २०७९ १८:१७ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast