हलमा कौसीद, परदेशी २ र बासेन्जी’ प्रदर्शन, कस्तो रहला बक्सअफिस?

हिमाल प्रेस २६ असोज २०८० १०:५९ | Friday, October 13, 2023
हलमा कौसीद, परदेशी २ र बासेन्जी’ प्रदर्शन, कस्तो रहला बक्सअफिस?

काठमाडौँ- आजदेखि तीन नेपाली फिल्म ‘कौसीद’, ‘बान्सेजी’ र ‘परदेशी २’ प्रदर्शन भइरहेका छन्।

नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो ‘बासेन्जी’। फिल्म अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले निर्देशन गरेका छन्।

फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदिपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो।

‘कोसीद’मा मिटरब्याज पीडित र शिक्षक आन्दोलनसँग सम्बन्धित विषय समेटिएको छ। अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्म कुमार भाष्करले निर्देशन गरेका हुन्।

फिल्ममा भोलाराज सापकोटा, रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सन्दिप लोहनी, लगायत कलाकारको अभिनय छ। केदार भुसालले निर्माण गरेको फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा लेखन छ। निशान पौडेलले छायांकन र भिम विश्वकर्माले सम्पादन गरेको फिल्म बड पिक्चर्सको ब्यानरमा निर्माण भएको छ।

फिल्म ‘परदेशी २’ मा लोकप्रिय गायक प्रकाश सपूत मुख्य भूमिकामा छन्। यसै फिल्मबाट सपूतले फिल्ममा डेब्यु गरेका हुन्। परदेशीको पीडालाई विषयवस्तु बनाइएको फिल्मका निर्देशक रायमाझी हुन्।

फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।

नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले संयुक्त लगानी गरेका छन्। परदेशी २ ले भने केही प्रचार गरिरहेको छ। परदेशीलाई माया गर्ने दर्शक पनि सिक्वेल हेर्न हल पुग्ने निर्माण टिमको अपेक्षा छ।

प्रकाशित: २६ असोज २०८० १०:५९ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast