काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को पदाधिकारी बैठक अहिले बसिरहेको छ।
कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा निर्णय लिन राप्रपाको पदाधिकारी बैठक बसेको हो।
कोशीमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी गरेका छन्। यस्तै नेपाली कांग्रेसको शेखर कोइराला समूहले विद्रोह गरी एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेको छ।
राप्रपा पदाधिकारी बैठकले कोशीमा कसलाई साथ दिने भनेर निर्णय लिने नेताहरूको भनाइ छ।
प्रकाशित: २६ असोज २०८० १०:१५
प्रतिक्रिया