काठमाडौँ- बलिउड फिल्म ‘गणपत’को ट्रेलर सार्वजनिक भएको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा कलाकार टाइगर श्रोफ मुख्य भूमिकामा छन्। उनी बक्सर बनेका छन्। फिल्ममा टाइगरको दोहोरो भूमिका छ।
ट्रेलरमा टाइगरसँगै अमिताभ बच्चन र कृति सेननलाई पनि देख्न सकिन्छ। अमिताभ टाइगरका गुरु बनेका छन्। कृति फिल्ममा पहिलोपटक एक्सन गर्दै देखिएकी छन्।
विकास बहलले लेखन तथा निर्देशन गरेको फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालमलगायत भाषामा रिलिज हुनेछ।
दसैँको अवसरमा फिल्म २० अक्टोबर अर्थात् कार्तिक ३ मा प्रदर्शन हुनेछ।
प्रकाशित: २३ असोज २०८० १२:४८ | Tuesday, October 10, 2023
प्रतिक्रिया



