प्रतिगमनको खतरा रहेसम्म गठबन्धन रहन्छ : मन्त्री श्रेष्ठ

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४२
प्रतिगमनको खतरा रहेसम्म गठबन्धन रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन्।

गठबन्धनको कार्यकर्ता भेलालाई कलंकीमा सम्बोधन गर्ने क्रममा  मन्त्री श्रेष्ठले वाम-लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकांक्षा पूरा गर्ने बताए।

काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिए।

मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै  राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताए।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उल्लेख गर्दै उनले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा सत्ता गठबन्धन एकढिक्क भएको बताए।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =