भरतपुरको चार्जिङ स्टेसन सञ्चालनमा, एकैपटक ६ गाडी चार्ज गर्न मिल्ने

हिमाल प्रेस ३ पुष २०७९ ११:५९ | Sunday, December 18, 2022
भरतपुरको चार्जिङ स्टेसन सञ्चालनमा, एकैपटक ६ गाडी चार्ज गर्न मिल्ने

चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएका दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ।

नेपाल विद्युत् प्राधिकरणले बनाएका चार्जिङ स्टेसनबाट एकैपटक ६ वटासम्म गाडी चार्ज गर्न सकिने इञ्जिनियर सागर ज्ञवालीले जानकारी दिए। ९० लाख रुपैयाँको लागत लागेको स्टेसनमा सीसीएच र जीबीटीका दुई चार्जर राखिएका छन्।

प्रोजेक्ट म्यानेजर शिव अधिकारीका अनुसार यसमा साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ। यसबाट नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुने उनको भनाइ छ।

चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ।

चार्जिङ स्टेसनमा ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिएको छ।

गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ। प्राजेक्ट म्यानेजर अधिकारीका अनुसार तोकिएको समय वा पैसा बराबरको चार्जिङ भएपछि मेसिन आफैँ बन्द हुन्छ।

भरतपुर चार्जिङ स्टेसनमा बिहान ५ देखि साँझ ५ बजेसम्म ८.२८ रुपैयाँ प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १०.४४ रुपैयाँ प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म ९.६ रुपैयाँ प्रतियुनिट शुल्क तोकिएको छ।

प्रकाशित: ३ पुष २०७९ ११:५९ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast