क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने नेपाल प्रहरीको सहायक हवल्दार

हिमाल प्रेस १८ असोज २०८० १७:१८
क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने नेपाल प्रहरीको सहायक हवल्दार

काठमाडौँ– क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीको सहायक हवल्दार पदमा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले विशेष बढुवा गर्दै ऐरीलाई सहायक हवल्दार बनाएको हो। १९औं एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गरेको हो।

खेलमा ऐरीले ९ बलमा ५० रन हिर्काएर विश्व कीर्तिमान बनाएका थिए।

प्रकाशित: १८ असोज २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast