काठमाडौँ- माछापुच्छ्रे बैंकको २३औँ वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले बुधबार २३ वर्ष पार गरी २४औँ वर्षमा प्रवेश गरेको हो।
२३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रूपमा स्थापना भएको बैंकले ग्राहकको विश्वास तथा माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसाले यहाँसम्म आइपुगेको बताएको छ।
‘यहाँसम्म आइपुग्दा व्यावसायिक बैंकहरूमा अब्बल स्मार्ट बैंकको रूपमा स्थापित हुन सफल भएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२३ वर्षको दौरानमा बैंकप्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण ग्राहकप्रति बैंक सदैव अनुगृहीत रहेको छ।’
बैंकले वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी निरन्तर काम गरेका कर्मचारीलाई सम्मान पनि गरेको छ। कार्यक्रममा बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं प्रगति तथा समृद्धिमा योगदान पु¥याउनेमा कृतज्ञता ज्ञापन गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूलनारासहति डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आएको बैंक पछिल्लो समय स्मार्ट बैंकको रूपमा स्थापित भएको बताए।

                                             
                                             
                                             
                                             
                                             
                                             

