फाइल तस्बिर।
लस एन्जलस– संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा १ करोड ५० लाख बिरामी भएको बताइएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा यस्तो तथ्यांक उल्लेख छ।
शुक्रबार सार्वजनिक रिपोर्टअनुसार सो अवधिमा १ लाख ५० हजार अस्पताल भर्ना र ९ हजार ३ सय जनाको मृत्यु भइसकेको शुक्रबारको रिपोर्टमा उल्लेख छ।
अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ। सीडीसीको तथ्यांकअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५ सय बढी मानिस अस्पताल भर्ना भएका छन्। इन्फ्लुएन्जाका कारण यसै साता ९ बालबालिकाको मृत्यु भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।
प्रकाशित: २ पुष २०७९ २१:३४ | Saturday, December 17, 2022
प्रतिक्रिया




