पशुपतिमा सुनको जलहरी प्रकरण : क्षेत्र विकास कोषका तत्कालीन सदस्य र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १४ असोज २०८० १६:०४
26
SHARES
पशुपतिमा सुनको जलहरी प्रकरण : क्षेत्र विकास कोषका तत्कालीन सदस्य र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध मुद्दा विशेष अदालतमा दायर गरेको हो।

जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप आयोगको छ। त्यस्तै अख्तियारले पशुपति क्षेत्र विकास कोषका स्कोटर किपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ।

प्रकाशित: १४ असोज २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast