 
                             
                                            काठमाडौँ- १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। चीनको होङ्जाउमा आइतबार भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१२ रन बनाएको हो।
उक्त स्कोरमा नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन तथा कुशल मल्लले २० बलमा ४७ रनको योगदान दिए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ तथा गुल्शन झाले २१ बलमा ३५ रनको योगदान दिए।
दिपेन्द्र सिंह ऐरीले २ बलमा १ छक्काको मद्दतले ६ रन बनाए। समूह ‘ए’मा नेपालले पहिलो खेलमा मंगोलियालाई कीर्तिमानसहित पराजित गरेको थियो।
                            प्रकाशित: १४ असोज  २०८० ८:५५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 