अनमोल केसी पक्राउ

हिमाल प्रेस १२ असोज २०८० १८:२३ | Friday, September 29, 2023
अनमोल केसी पक्राउ

काठमाडौँ- कलाकार अनमोल केसी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराधम अनुसन्धान कार्यालयको टोलीलाई उनलाई आज (शुक्रबार) अपराह्न करिब ५ बजे भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले हिमालप्रेससँग जानकारी दिए।

‘रावायण’ नामक फिल्म खेल्ने भनेर रकम लिए पनि पछि अस्वीकार गरेकाले निर्माण पक्षले उजुरी गरेको थियो। सोही उजुरीका आधारमा छलफलका लागि बोलाउँदा पनि नआएपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको हो ।

फिल्म सुदर्शन थापा प्रोडक्सन प्रालिले निर्माण गरिरहेको थियो। निर्माण पक्षका अनुसार फिल्मका लागि एक करोड बढी रकम बजारमा गइसकेको छ ।

निर्माण पक्षले अभिनेता केसीले फिल्म खेल्नका लागि अग्रिम १० लाख रकम लिएको आरोप लगाएको छ। थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रकाशित: १२ असोज २०८० १८:२३ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast