कर्णालीका मुख्यमन्त्रीको प्रश्न : नेपालको कानुन ठेकेदार र माफियाले त बनाउँदैनन्?

हिमाल प्रेस ११ असोज २०८० १७:२१ | Thursday, September 28, 2023
कर्णालीका मुख्यमन्त्रीको प्रश्न : नेपालको कानुन ठेकेदार र माफियाले त बनाउँदैनन्?

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानुन निर्माणको विषयमा गम्भीर टिप्पणी गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाले निर्माण गर्ने कानुनको विषयमा मुख्यमन्त्री शर्माले गम्भीर अभिव्यक्ति दिएका हुन्।
रुकुम पश्चिममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले नेपालको कानुन ठेकेदार र माफियाको कब्जामा रहेको उनको भनाइ छ।

उनले भने, ‘कहिलेकाहीँ मलाई के अनुभुति हुन्छ भने सार्वजजिक खरिद ऐन ठेकेदारले त बनाउँदैनन् हँ?, कहिले हाम्रो भूमिसम्बन्धी नीति भूमाफियाले त बनाउँदैनन् हँँ? स्वास्थ्यसम्बन्धी नीति मेडिकल माफियाले त बनाउँदैनन् हँ? कहिलेकाहीँ शिक्षासम्बन्धी नीति शैक्षिक माफिलायाले बनाउँदैनन् हँ? मलाई यस्तै अनुभूति हुन्छ।’ उनले माफीयाले नै कानुन कब्जा नगरेको भए हरेक क्षेत्रमा किन अनियमितता बढेको भन्दै प्रतिप्रश्न पनि गरे।

उनले चौरहजारीलगायत क्षेत्रको पुलको उदाहरण दिँदै अनियमितता बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

प्रकाशित: ११ असोज २०८० १७:२१ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast