जब प्रेमिका सम्झिएर भावुक भए देव आनन्द

हिमाल प्रेस ९ असोज २०८० १६:०८ | Tuesday, September 26, 2023
जब प्रेमिका सम्झिएर भावुक भए देव आनन्द

काठमाडौँ- भारतीय अभिनेता देव आनन्द अहिले बाँचेका भए एक सय वर्षका हुने थिए। २६ सेप्टेम्बर १९२३ मा जन्मिएका उनको डिसेम्बर २०११ मा निधन भयो। देव आनन्द उतिखेरका सुपरस्टार थिए। जसको ख्याति भारतमा मात्र सीमित थिएन। पाकिस्तानसँगै नेपालमा पनि उनका त्यति नै प्रशंसक थिए। हलिउड कलाकारले समेत उनलाई चिन्थे।

देव आनन्दको जन्म अविभाजित पंजाबको त्यस भागमा भएको थियो, जो अहिले पाकिस्तानमा पर्छ। लाहौरमा पढाइ सकाएर उनी जुलाई १९४३ मा ३० भारु खल्तीमा राखेर बम्बई (अहिलेको मुम्बई) हानिएका थिए। केही वर्षमै उनी भारतका ठूला स्टार बने।

सन् १९४३ मा लाहौरबाट हिँडेका अभिनेताले त्यसको ५५ वर्षपछिमात्र त्यहाँ फर्किने अवसर पाए। सन् १९९९ मा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग उनले पाकिस्तान जाने मौका पाए। उनी आफ्नो सहर र कलेज गए।

पाकिस्तानी पत्रकार गौहर बट त्यतिखेर त्यही थिए। आफ्नो कलेजलाई देखेर देव आनन्दका आँखाबाट आँसुका बलिन्द्र धारा बगेको उनले बीबीसीसँगको कुराकानीमा बताएका छन्। ‘कलेजको ढोका समातेर उनी निकै बेर रोएका थिए,’ पत्रकार बटले भनेका छन्, ‘कलेजका भित्ताभित्ता छामेका थिए। कलेज पढ्दाताका उनी उषा नामकी केटीलाई माया गर्थे। त्यतिबेला उनले उषाको नाम लिएका थिए। उनलाई सम्झेर भावुक भएका थिए।’

नेपालमा पनि देव आनन्दका त्यस्तै प्रशंसक थिए। उनको फिल्म ‘हरे राम हरे कृष्णा’, ‘जोनी मेरा नाम’ र ‘इश्क इश्क इश्क’को छायांकन नेपालमा भएको थियो। फिल्म ‘हरे राम हरे कृष्णा’को गीत ‘दम मारो दम’का सुटिङ हुँदा देव आनन्दलाई हेर्न नेपाली ओइरिएका थिए।

प्रकाशित: ९ असोज २०८० १६:०८ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast