यस्तो बन्यो लोसपाको पदाधिकारी र केन्द्रीय समिति

हिमाल प्रेस ९ असोज २०८० ७:११ | Tuesday, September 26, 2023
यस्तो बन्यो लोसपाको पदाधिकारी र केन्द्रीय समिति

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ।

लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेका छन्। वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन्। पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ।

यस्तै नेताहरु जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष र १५ उपाध्यक्ष रहेका छन्।

महासचिवमा १६, सहमहासचिव आठ, सचिव ११, कोषाध्यक्षमा दुई, प्रवक्ता र सहकोषाध्यक्ष एक/एकजना रहेका छन्। कोषाध्यक्षमा दुई जनालाई जिम्मेवारी दिइएको छ।

प्रकाशित: ९ असोज २०८० ७:११ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast