काठमाडौँ- फिल्म ‘हनी बनी’को पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा फिल्मका कलाकार जसिता गुरुङ र नव कलाकार अभिमन्यु तोमरलाई देख्न सकिन्छ।
पोस्टरसँगै निर्माण टोलीले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। आगामी माघ २६ मा फिल्म प्रदर्शनमा आउनेछ। दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म प्रेमकथामा आधारित छ। फिल्ममा जसिता र अभिमन्युसहित सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायत कलाकारको अभिनय छ।
परी राना र आरोन बस्नेत निर्माता रहेको फिल्ममा अमित बस्नेतको पटकथा छ। फिल्म लन्डनमा छायांकन गरिएको छ।
प्रकाशित: ८ असोज २०८० १३:३८ | Monday, September 25, 2023
प्रतिक्रिया





