दलहरू सिद्धान्तमा नचलेपछि जनताले स्वतन्त्रलाई रोजे : पृथ्वीसुब्बा गुरुङ

हिमाल प्रेस १ पुष २०७९ २१:०७ | Friday, December 16, 2022
दलहरू सिद्धान्तमा नचलेपछि जनताले स्वतन्त्रलाई रोजे : पृथ्वीसुब्बा गुरुङ

लमजुङ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ठूला राजनीतिक दलहरू सिद्धान्तमा नचलेपछि निर्वाचनमा जनताले स्वतन्त्र उम्मेदवारहरूलाई रोजेको बताएका छन्। शुक्रबार बेंशीसहर नगरपालिका ३ काउलेपानीमा आयोजित नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा बोल्दै लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यसमेत उनले यस्तो बताएका हुन्।

हालै सम्पन्न निर्वाचनको परिणामअनुसार दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रोजेर जनताले दलहरूलाई सच्चिन संकेत गरेको उनको भनाइ छ। जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएकोसमेत उल्लेख गरेका छन्। कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्ने उनले जानकारी दिए।

प्रकाशित: १ पुष २०७९ २१:०७ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast